शहीदको स्मृतिमा पार्कसहितका संरचना बनाइने
Published:
by .
ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकास्थित सिनाममा पार्कसहितका संरचना बनाइने भएको छ ।
शहीद हरि नेपालको स्मृतिमा उनकै जन्मथलोमा पार्कसहितका संरचना निर्माण गरिने भएको हो । गुरुयोजनासहित पार्कलगायतका संरचना निर्माण गर्ने तयारी भएको प्रदेश नं. १ का प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङले जानकारी दिए ।
चालू आर्थिक वर्षमा प्रदेश सरकारबाट १० लाख रुपैयाँ विनियोजन गरिएको साम्सोहाङको भनाइ छ । यस्तै, संरचना निर्माणका लागि स्व. नेपालका सहोदर भाईहरु लगायतले १३ रोपनीभन्दा बढी जग्गा हरि नेपाल स्मृति प्रतिष्ठानको नाममा निःशुल्क रजिस्ट्रेसन गरिदिएका छन् ।
बामपन्थी आन्दोलनको शिलशिलामा तत्कालिन राज्य पक्षद्वारा २०३६ साल पुस १४ गते संखुवासभाको सिबुवा स्याबुनामा उनको हत्या भएको थियो । २०७२ साल फागुनमा सरकारले नेपालसहित २२ जनालाई शहीद घोषणा गरेको थियो ।
Comments