मदिरा नियन्त्रणमा झापाका मदिरा व्यवसायीहरु एक जुट
Published: (Updated: )
by .
बिर्तामोड । प्रादेशिक सरकारले मदिरालाई नियन्त्रण गर्ने भएपछि झापाका मदिरा व्यवसायीहरु एक जुट भएका छन् । मदिरा व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका मेचीनगरका व्यवसायीहरु एकजुट भएका हुन् ।
शनिबार भेलाको आयोजना गरी समिति समेत निर्माण गरेका छन् । भेलाले बद्री घिमिरेको अध्यक्षतामा २० सदस्यीय मदिरा व्यवसायी संघ मेचीनगर गठन गरेका हुन् । समितिले मदिरा व्यवसायीहरुको हकहितका लागि पहल गर्ने नवगठित समितिका अध्यक्ष घिमिरेको प्रतिबद्धता जनाए । समितिको उपाध्यक्ष कृष्णराज भण्डारी, सचिवमा बिनाद गिरी, सहसचिवमा सूर्यनाथ भण्डारी र कोषाध्यक्षमा रुद्र विष्ट चयन भएका छन् । लीला थुलुङ, गोपाल खड्का, नारायण गौतम, अम्बर कुँवर,देवेन्द्र शिवाकोटी, सन्तोष जैसवाल, जीवन मैनाली, रमेश पोखरेल, रेवत दाहाल, रुद्र कार्की, दीलिप शाह, गुनिलाल राजवंशी, मनिष श्रेष्ठ सदस्यमा चयन भएका छन् । त्यसैगरी निलम प्रसाईको संयोजकत्वमा चार सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । समितिमा गोकुल हुमागाई, प्रकाश उप्रेती, अमर कुँवर र सदस्यमा रहेका छन् ।
मदिरा व्यवसायी संघ झापाका उपाध्यक्ष गोकुल हुँमागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालय चन्द्रगढीका प्रमुख वासुदेव आचार्यले व्यवसायीले सहयोग नगरे अवैध मदिरा नियन्त्रण नहुने बताए । आन्तरिक समस्या देखाउदै प्रमुख आचार्यले भने, ‘कार्यालयबाट सबै व्यवसायीलाई अनुगमन गर्न सकिएको छैन । सबैको कारोवार हेर्न नसक्ने भएकाले भने बर्षभरीमा २ सय जती व्यवसायीमा अनुगमन गर्छौ अरु नाङ्लो ठट्याएर हात्ती तर्साउने जस्तै गर्दै आएका छौ । व्यवसायीको जिज्ञासाको जवाफमा व्यवसायी आफै इमान्दार बन्नुपनै बताए ।
गोकुल हुमागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृष्णराज भण्डारी, हरी मैनाली, जीवन मैनाली, बद्र घिमिरेलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन प्रकाश उप्रेतीले गरेका थिए ।
Comments