Sajhamanch Archive

भद्रपुर जेसीजमा खतिवडाको अध्यक्षतामा नयाँ कार्य समिति चयन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । भद्रपुर जेसीजको शनिवार सम्पन्न ४३ औं साधारणसभाबाट एक वर्षीय कार्यकालका लागि अध्यक्ष पदमा खतिवडा चयन भएका हुन् ।

त्यसैगरी भद्रपुर जेसीजको कार्यकारी उपाध्यक्षमा गगनलाल राजभण्डारी र सविता कोइराला निर्विरोध चयन भएका छन् । उपाध्यक्षहरुमा क्रमश मनोज भट्टराई, उत्सव कोइराला, मनोज तिम्सिना र रमेश कार्की चयन भएको निर्वाचन आयुक्त भरत प्रसाईले जानकारी दिए ।

जेसीजको महासचिव लगायत अन्य पदाधिकारीहरुलाई अध्यक्षले चयन गर्नेछन् । भद्रपुर जेसीजका सन २०१८ का अध्यक्ष सोमप्रसाद ढुंगेलको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा भद्रपुर जेसीजका पूर्व अध्यक्षहरु रमेश पोखरेल, भरत प्रसाई, उत्तम कोइराला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *