Sajhamanch Archive

मुद्रण उद्योग संघ झापाको साधारणसभामा उद्योगी दुलाल सम्मानित

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

सुरुङ्गा । झापाका छापाखाना व्यवसायीहरुको छाता संस्था मुद्रण उद्योग संघ झापाको पाँचो वार्षिक साधारणसभा झापाको धनुषकोटीधाममा शनिबार सम्पन्न भएको छ ।
अग्रज पत्रकार, साहित्यकार एवम् पुराना छापाखाना उद्यमी नकुल काजी पाण्डेको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । संघका अध्यक्ष युवराज डाँगीको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन प्रमुख अतिथि नकुल काजीले व्यानर वाचन गरेर गरेका थिए । संघले साधारणसभासँगै वनभोज पनि आयोजना गरेको थियो ।

संघका सचिव रोहितकुमार भट्टराईले सञ्चालन र उपाध्यक्ष खड्गबहादुर खड्काले स्वागत गरेको साधारणसभामा अध्यक्ष डाँगीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा हालै मुद्रण उद्योग महासंघको विभिन्न पदमा निर्वाचित पदाधिकारीहरुको उपस्थिति रहेको थियो भने उनीहरुलाई मुद्रण उद्योग संघ झापाले स्वागत–सम्मान पनि गरेको थियो । यसैगरी, झापाका अग्रज तथा सफल दुईजना मुद्रण उद्यमीलाई पनि सम्मान गरिएको थियो ।

झापाको माईपूर्वका सफल तथा अग्रज उद्यमीका रुपमा भद्रपुरका आशानन्द मण्डल र माईपश्चिमतर्फ मेची अञ्चलमै पहिलो अफसेट मेशिन ल्याई मुद्रण उद्योग सञ्चालन गर्ने संघका संस्थापक कोषाध्यक्ष टंक दुलालललाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि काजीले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरे ।
यसैगरी, हालै निर्वाचित केन्द्रीय पदाधिकारीहरु वरिष्ठ उपाध्यक्ष, ओमकान्त रेग्मी चितवन), उपाध्यक्ष देवेन्द्रबहादुर वस्नेत, कोषाध्यक्ष टीका भट्टराई नेपाल, केन्द्रीय सदस्य राजकुमार साहा, प्रह्लाद दाहाल र राजन पाठक, अर्जुन सापकोटालाई फूल–माला, अबिर–खादा पहिर्याएर स्वागत सम्मानसहित कार्यकाल सफलताको लागि बधाइ ज्ञापन गरिएको सचिव भट्टराईले जानकारी दिए ।

कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष रेग्मीले उद्यमीहरु स.गठित हुँदा संस्थागत रुपमा उद्योगीको हितमा काम गर्न सकिने भन्दै संघमा नसमेटिएका उद्यमीहरुलाई पनि संघको छाताभित्र ल्याउन पहल गर्नुपनेमा जोड दिए । कर्णालीपारिको जिल्ला जुम्लाबाट पनि झापा संघको साधारणसभामा सहभागिता जनाएका पूर्व केन्द्रीय सदस्य पुरीचनद्र देवकोटा, केन्द्रीय उपाध्यक्ष वस्नेत, कोषाध्यक्ष नेपाल, मुद्रण उद्योग संघ मोरङका अध्यक्ष लव घिमिरे, सुनसरीका अध्यक्ष तथा केन्द्रीय सदस्य दाहाललगायतले शुभकामना मन्तव्य राखेको साधारणसभाका प्रमुख अतिथि काजीले पत्रकारिता व्यवसाय र मुद्रण उद्योगबीच अन्योन्यास्रित सम्बन्ध रहेको भन्दै मुद्रण उद्योगलाई मर्यादित र जिम्मेवार ढंगले सञ्चालन गर्न आह्वान गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *