मोरङमा लागूऔषधसहित तीन जना समातिए
Published:
by .
विराटनगर । मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको विराटनगर महानगरपालिका–३ दुर्गा चोकबाट शनिवार बेलुका लागूऔषधसहित सुनसरीको चतरा घर भएका २८ वर्षीय प्रकाश राईलाई पक्राउ गरेको हो ।
राईलाई सि.आर.भी. पंजावी पेट्रोल पम्पबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध लुपिजेसीक–५ एम्पुल, डाईजेल्याब–५ एम्पुल र फेनारगन–५ एम्पुल फेला पारी बरामद गरेको हो ।
यस्तै मोरङको रंगेली नगरपलिका–५ आँपगाछीबाट लागूऔषधसहित पथरी–शनिश्चरे नगरपालिका–८ बस्ने १९ वर्षीय झमक बिष्ट र १६ वर्षीय रविन माझीलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी आँपगाछीबाट खटिएको प्रहरी टोलीले को २९ प २९६२ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागूऔषध नाईट्राभेट–६० एम्पुल, स्पास्मोप्रोक्सिभन–१६ थान र २५ ग्राम गाँजा फेलापारी बरामद गरेको हो ।
Comments