Sajhamanch Archive

कार्यकक्षमा बोलाएर प्रदेश मन्त्रीले हाने सचिवलाई झापड

Published: in राष्ट्रिय समाचार by .

प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले कार्यकक्षमा बोलाएर सचिवमाथि दुर्व्यवहार गरेका छन्। प्रदेशको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा मन्त्री  यादवले झापड हानेका हुन्।

सचिव झाले  संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्रीले कुटपिट गरेको बताए।

सचिव झालाई कुटपिट भएपछि कर्मचारीहरूले ढोकामा धर्ना दिएका थिए। सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनुषाका प्रहरी प्रमुख एसपी गोविन्द थपलियाले कुनै अप्रिय घटना नहोस् भनेर झालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको  सेतोपाटीलाई बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *