Sajhamanch Archive

चुलाचुलीमा सेनेटरी प्याड निर्माण र उद्घोषण तालिम सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

इलाम । इलामको चुलाचुली गाउँपालिकाको वडा नं. १ का महिलाहरुलाई लक्षित गरी ७ दिने तालिम सुरु भएको छ ।

उद्यमशिल महिला जागरण केन्द्र  कमल  गाउँपालिका झापाको आयोजनामा र ईलाम चुलाचुली  गाउँपालिको आर्थिक सहयोगमा आजबाट  एक  हप्ते सेनेटरी प्याड निर्माण र ६ दिने उद्घोषक तालिम  सुरु भएको हो ।

उद्यमशिल महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता दाहालको अध्यक्षतामा भएको तालिम उद्घाटन गर्दै प्रमुख अतिथी चुलाचुली गाउँपालिकाकी अध्यक्ष प्रदिपचन्द्र राईले  गाउँमा रहेका महिलालाई  विभिन्न खाले सिप सिकाई स्वरोजगार बनाउने र स्वस्थ्य सम्बन्धि जनचेतना दिने उदेश्य गाउँपालिकाको रहेको जानकारी गराउँदै तालिम लिएपछि  महिलाहरुमा आत्मबल  बन्न सक्ने र सेनेटरी प्याडमा भएको खर्च समेत न्युनिकरण हुनसक्ने राईले बताए  ।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष पुर्ण लावती वडा सचिब गोबिन्द सुबेदी, पत्रकार उमनाथ भण्डारी, वडा सदस्य सिता लावती  लगायतले तालिम सफलताको सुभकामना मन्तव्य राखेका थिए ।

तालिमा सहभागी मध्ये सेनेटरी प्याड निर्माणका सहभागीलाई  लाइफ लाइन अस्पताल दमककी पेमा तामाङ्ग र उद्घोषण तालिमका सहभागीलाई मनु तामाङ्गले सहजीकरण गर्ने छन् । केन्द्रकी सदस्य तथा संचारकर्मी निर्मला रिमालले कार्यक्रम सन्चालन गरेकी थिईन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *