मन्त्रीले झापड हानेपछि पत्रकार सम्मेलनमै रोए यी सचिव
Published:
by .
काठमाडौं । आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झालाई झापड हानेका छन् ।
मन्त्री यादवले झालाई आफ्नो कार्यकक्षमै बोलाएर कुटपिट गरेका सचिव झाले बताए । आफूले भनेअनुसार एनजिओलाई योजना नपारेको भन्दै मन्त्रीले सभामुखकै अगाडि झापड हानेको उनको भनाई छ । पत्रकारहरुसँग कुराकानी गर्दागर्दै उनी भक्कानिए ।
कुटपिट लगत्तै मन्त्रीकै निर्देशनमा प्रहरीले सचिवलाई पक्राउ पनि गरेको छ । मन्त्री यादवले भने आफैलाई दुर्व्यवहार गरेकाले पक्राउ गरिएको बताएका छन् । उनले सचिवलाई कुटपिट गरेको अस्वीकार गरेका छन् ।
Comments