Sajhamanch Archive

विराटनगरबाट हुण्डी कारोबार गर्ने तीनजना पक्राउ, १० लाखभन्दा बढी रकम बरामद

Published: in राष्ट्रिय समाचार by .

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरबाट ५९ लाख ७ हजार ६ सय रुपैयाँसहित तीनजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

प्रहरीले विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेका तीनजनासहित रकमसमेत बरामद गरेको हो । पक्राउ पर्नेमा  सहकारीका अध्यक्ष तथा विराटनगर ७ का राजेश हेडा, विराटनगर ११ का सुमित साह र विराटनगर १२ का दिपककुमार कर्ण रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका  एसपी मनोजकुमार केसीले  लामो समयदेखिको अनुसन्धान र फलोअपपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको बताउनुभयो ।  प्रहरीले सहकारीका अध्यक्ष हेडाको कार्यकक्षबाट नगद ५९ लाख ७ हजार ६ सय रुपैयाँ बरामत  गरेको थियो ।

सहकारी संस्थाको आडमा हेडाले हुण्डी कारोबार गर्दै आएको खुलेको प्रहरीको भनाइ छ ।  सोही संस्थाबाट नै सुमित साहको साथबाट ९ लाख ५० हजार पनि बरामद गर्न प्रहरी सफल भएको  प्रहरीले छ । उनीहरूलाई थप अनुसन्धानका लागि म्याद थप गरी इटहरीस्थित राजश्व अनुसन्धान विभाग पठाइने केसीले जानकारी दिनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *