Sajhamanch Archive

स्वास्थ्यमा समस्या आएपछि डा. गोविन्द केसी अस्पताल भर्ना

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौँ । अनसनरत डा.गोविन्द केसीलाई अस्पताल लगिएको छ ।

डा. कसीको मुटुको गति अनियमित भएर स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई सोमबार बिहान इलाम अस्पतालमा लगिएको हो ।

चिकित्सक रामकृष्ण आचार्यका अनुसार डा. केसीको दाहिने फोक्सोमा हावा कम भएर बेला–बेला मुटु तेज धड्किने तथा रोकिने भएकाले अस्पताल लगिएको हो । उनका अनुसार डा.केसीको छात्तीमा संक्रमण भएको तथा टन्सिलले घाँटी सुन्निएको छ ।

आइतबार नै गरिएको परीक्षणमा डा.केसीको मुटुको गति अनियमित भइ अस्पताल लैजानुपर्ने अवस्था आएपनि उनी अस्पताल जान मानेका थिएनन् ।

गत पुस २५ गते संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गर्दा आफूसँगको सम्झौता उल्ल्ंघन भएको भन्दै डा.केसी सोही दिनबाट इलाम सदरमुकामको एक घरमा १६ औ अनसन सुरु गरेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *