Sajhamanch Archive

पाँचथर पावरको आइपिओ बिक्री खुल्यो, कसले पाउँछ आवेदन दिन ?

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

पाँचथर पावर कम्पनीको आइपिओ बिक्री आजबाट (सोमबार) खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि सेयर बिक्री खुला गरेको हो । कम्पनीले ९ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री खुलाएको छ ।

यसका लागि माघ १४ गतेसम्म आवेदन दिन सकिनेछ । पाँचथर जिल्लाको फिदिम नगरपालिका र हिलिहाङ, फालेलुङ गाउँपालिकाका स्थानीयले यस सेयरमा आवेदन दिन पाउनेछन् । यो आइपिओको बिक्री प्रबन्धक सानिमा क्यापिटलले गरेको छ ।

आयोजना प्रभावित स्थानीयले पाँचथरमा रहेको कृषि विकास बैंक, सेञ्चुरी बैंक, गुडविल फाइनान्सको शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै आयोजनाको कार्यलयबाट पनि सेयर आवेदन भर्न सकिने कम्पनीले जनाएको छ । तोकिएको समयमा आवेदन नपरेको अवस्थामा माघ २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

यसको साधारण सेयरको लगानी फिर्ता हुन ८.९४ वर्ष लाग्ने कम्पनीले भनेको छ ।

यो आइपिओका लागि केयर रेटिङले ग्रेड ४ रेटिङ दिएको छ । पाँचथर पावरको प्रतिमेगावाट लागत १७ करोड ५४ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *