Sajhamanch Archive

नगरप्रमुख रानाको संयोजकमा नगर स्तरीय समुदाय प्रहरी कार्य समिति गठन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

अजुनधारा । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत अर्जुनधारा नगरपालिकामा नगर स्तरीय कार्य समिती गठन गरिएको छ । समुदायमा प्रहरी र समुदाय बिचको सहकार्य सकारात्मक रुपले अगाडि बढाउने उदेश्यले नगर र वडा स्तरीय कार्यसमिति एक कार्यक्रमका बीच घोषणा गरिएको हो ।

नगर प्रमुख हरि कुमार रानाको सयोंजकत्वमा २० सदस्यीय समिती नगर स्तरीय कार्यसमिति गठन गरिएको छ । समुदाय–प्रहरी साझेदारीको कार्यगत संयन्त्र अनुसार नगर प्रमुख राना संयोजक जिम्मेवारीमा रहने व्यवस्था रहेको छ । जसको सह–संयोजकमा उप–प्रमुख कमला खतिवडा र इलाका कार्यालय बिर्तामोडका प्रहरी नायव उपरिक्षक कृष्णप्रसाद कोइराला रहनु भएको छ भने शनिश्चरे प्रहरी चौकीका प्रहरी नायव निरिक्षक राजन खड्का सचिवमा रहनु भएको छ ।

समितिको सदस्यहरुमा क्रमश वडा–८ अध्यक्ष गोपिचन्द्र गौतम, स्थानीय वन महासंघ अध्यक्ष दिव्य कटट्ेल, पूर्व प्रहरीको तर्फबाट विरेन्द्र खरेल, महिला तथा बालबालिकाको तर्फबाट मिश्रकुमारी राई रहेका छन् ।

त्यस्तै आमा समूहबाट राजकुमारी शेर्पा, शिक्षक महासंघ नगर अध्यक्ष पुण्य सुवेदी, अभिभावकको तर्फबाट माया कार्की, सरोकरावाला संघसंस्थाको तर्फबाट भक्ति सिटौला, स्थानीय प्रेश क्लबका अध्यक्ष कुमार भट्टराई, जेप्ठ नागरिकको तर्फबाट नरेन्द्र तिम्सिना, शनिश्चरे जेसिजको तर्फबाट अजय देव, उद्योग वाणिज्य संघको तर्फबाट चतर्भुज काफ्ले, नेपाल रेडक्रस सोसाइटीको तर्फबाट मनोरथ पाण्डे लगायत कार्यसमितिको सदस्यमा रहनु भएको छ ।

अर्जुनधारा नगरपालिकाले सबै वडा स्तरीय समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न गरी समिति गठन समेत गरी सकेको छ । सम्बन्धित वडाअध्यक्ष संयोजकत्वमा १४ सदस्यीय कार्यसमिति गठन भएको कार्यक्रम संचालक खगेन्द्र लिङदेनले जानकारी दिनुभयो ।

जसमा वडा–१ मा अध्यक्ष गजाधर खतिवडा, वडा–२ मा अध्यक्ष रघुनाथ खनाल, ३ मा वडा अध्यक्ष जीवन भण्डारी, वडा–४ मा अध्यक्ष दुर्गा दाहाल, ५– मा वडा अध्यक्ष ध्यान बहादुर भारती संयोजकमा चयन हुनु भएको छ ।

त्यस्तै समितिको ६ नम्बर वडा अध्यक्ष लोकनाथ गौतम, ७ नम्बर वडा अध्यक्ष नवराम ढुङ्गाना, वडा–८ अध्यक्ष गोपिचन्द्र गौतम, वडा–९ अध्यक्ष पुष्प प्रसाई, वडा–१० अध्यक्ष बलदेव गोम्देन र वडा–११ अध्यक्ष भैरव खड्का वडास्तरीय समितिको संयोजकमा रहनु भएको छ । सोही कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्ण कोइरालालाई शनिश्चरे बजारको विदाई समेत गरिएको थियो ।

अर्जुनधारा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख हरिकुमार राना, प्रदेशसभा सदस्य बृख प्रधानले कोइरालालाई प्रशंशा पत्र सहित पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले मायााको चिनो र अविर लगाइ विदाई गरिएको थियो । नगर प्रमुख रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी समेत रहनु भएका प्रदेश सासद प्रधान, नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री बुढाथोकी लगायतले अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतनासहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्नेगरी यो कार्यक्रम आएको बताउनुभयो । कार्यक्रम सञ्चालन भएपछि गाउँघरमा हुने उपराध, हिसां र असुरक्षाका घटनाहरु नियन्त्रण हुनुकासाथै प्रहरी संगको भरपर्दो सूचना संयन्त्र तयार हुने अपेक्षा सहित उहाँहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *