अब नीजि शैक्षिक संस्थामा पैसा खेर फाल्नु पर्दैन : प्रधानमन्त्री ओली
Published: (Updated: )
by .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक विद्यालयको शैक्षिकस्तर नीजि शैक्षिक संस्था बराबर बनाउने बताएका छन् । उच्च स्तरीय राष्ट्रिय शिक्षाआयोग–२०७५ को प्रतिवेदन मंगलबार ग्रहण गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
काठमाडा । प्रधानमन्त्री केपीशर्मा ओलीले बालबालिकालाई रुचीअनुसारको शिक्षा दिनुपर्ने बताउनुखभएको छ । रुची अनुसारको पठन पाठनको वातावरण पाउने हो भने सबै बालबालिका सफल हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।
उच्च स्तरीय राष्ट्रिय शिक्षाआयोग –२०७५ को प्रतिवेदन आज बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।
“रुचीअनुसारको विषय र क्षेत्रको अध्ययनगर्न पाए सबै बालबालिका सफल हुन्छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “फूटबलमा रुची हुनेलाई संगीत सकाएका छौं । आफ्नो होइन बाबुआमा र विद्यालयको रुची लादेका छौं । अनि बच्चालाई असफल घोषित गरेका छौं । यो प्रणाली राम्रो होइन ।”
अहिलेको शिक्षा प्रणालीले बालबालिकालाई असफल बनाएर उनीहरुको आत्मविश्वासमा बञ्चरो हानी रहेको प्रधानमन्त्री ओलीले बताउनु भएको छ । प्रधानमन्त्री ओलीले भविष्यका कर्णधार भनेर चिनिएका बालबालिकालाई असफल घोषित गरेर उनीहरुको मनोविज्ञान बिगार्नु गलत रहेको बताउनु भयो । “परीक्षाका नाममा बालबालिकालाई फेल भनि रहँदा उसको आत्मविश्वासमा बञ्चरो प्रहार हुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “बाल्यकालमै असफलताको बिल्ला भिराई दिएपछि बच्चाको मनोवल उठ्न सक्दैन । यसले समग्रतामा देशको भविष्य माथी प्रहार गर्छ । ”
बालबालिकाको मनोविज्ञानमा असर नपरोस भनेर असफल नहुने ग्रेडिङ प्रणाली ल्याएको प्रधानमन्त्रीले बताउनु भयो । “यस प्रणालीले पनि शिक्षाको गुणस्तर बढाएको देखिएको छैन । हामीले जुन प्रणाली अपनाए पनि गुणस्तर वृद्धि खोजेका हौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाललाई विशिष्ट प्रतिभाहरुको देश बनाउनु पर्ने बताउनु भएको छ । ४२ ÷ ४३ प्रतिशतमात्र सफल हुने देश होइन अब उन्नत विद्यार्थी भएको देशको रुपमा नेपाललाई चिनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “नेपाललाई डिस्टिङसनहरुको देश बनाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “असफलहरुको देशको परिचय अब बदल्नु पर्दछ । ”
प्रधानमन्त्रीओलीले सरकार निजी विद्यालयहरुलाई पुल्पुल्याएर राख्ने पक्षमान भएको बताउनुभएको छ । “सामुदायिक विद्यालयको शैक्षिक गण्ुास्तर वृद्धि भएपछि निजीविद्यालय प्रतिको आकर्षण आफैं घट्छ ”प्रधानमन्त्री ओलीले भन्नुभयो “गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयमा पाएपछि अभिभावकहरु महंगा निजी विद्यालयमा जादैनन् । सरकार हस्तक्षेप गरेर निजीलाई प्रतिवन्द लगाउने पक्षमा छैन तर विद्यार्थी नै नभएपछि निजीविद्यालय कसरी टिकछन् र ?”
प्रधानमन्त्री ओलीले आयोगले वुझाएको प्रतिवेदन सिफारिस भएकोले यसको व्यापक अध्ययन गरिने बताउनु भएको छ । “आसा छ यो प्रतिवेदन सिफारिस मात्र नबनोस नीति कै रुपमायसलाई कार्यन्वयनगर्न सकियोस । ”प्रधानमन्त्रीओलीले शिक्षा,विज्ञान तथा प्रविधिमन्त्र गिरीराजमणी पोख्रेलले आज बालुवाटारमा एक कार्यक्रमका बीच प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।
।
Comments