Sajhamanch Archive

बरमपुराको उखुबारीमा भीषण आगलागी : आठ बिगाहाको उखु नष्ट

Published: in राष्ट्रिय समाचार by .

मोरङ। विराटनगर–११, बरमपुरामा रहेको उखुबारीमा आगलागी भएको छ ।

मंगलबार दिउँसो लागेको आगोले आठ बिगाहामा रहेको उखु जलेर नष्ट भएको हो । विराटनगरका नागेश कोइरालाको उखुबारीमा आगो लागेको हो । आगोलागीबाट झण्डै चार लाखको उखु जलेर नष्ट भएको कोइरालाले बताउनुभयो ।

५१ बिगाहा जग्गामध्ये १० बिगाहा जमिनमा उखु खेती लगाएकोमा आठ बिगाहाको उखु जलेको उहाँले जानकारी दिनुभयो । ‘बारीमा पाकेको उखु बिक्री गर्ने तयारीमा थियौं,’ कोइरालाले भन्नुभयो, ‘तयारी उखु जलेर आधाभन्दा बढी पूर्ण रुपमा नष्ट भयो ।’

आठ बिगाहामा ४ हजार क्वीन्टल उखु उत्पादन हुने लक्ष्य थियो । आधाभन्दा बढी आगो लागेर नष्ट भएको उहाँको भनाई छ ।

दमकल जाने बाटो नहुँदा बढी क्षति

स्थानीयको अनुसार आगलागी भएको उखु खेतीमा दमकल जाने बाढो नुहँदा बढी क्षति भएको हो ।

‘दमकल आगो लागेको जानकारी पाएपछि समयमै आएको थियो,’ कोइरालाले भन्नुभयो, ‘आगो लागेको स्थानमा जाने बाटो नहुँदा दमकल बाटैमै बस्यो । जसको कारण उखुबारीमा बढी क्षति हुन पुग्यो ।’

आगो स्थानीयवासी प्रहरीको सहयोगमा स्थानीय नहरबाट पम्पसेटबाट पाइपमा पानी तानेर आगो लागेको दुई घण्टापछि नियन्त्रणमा आएको विराटनगर महानगरपालिका–११, का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

‘दुर्ब्यसनी वा रिसिइबीको कारण आगो लगाइयो’

५२ बिगाहामध्ये १० बिगाहा जमिनमा उखु खेती लगाउने नागेश कोइराला नेपाली कांग्रेस मोरङका सचिव हुन् । उहाँले गएको वर्ष मात्र १० लाख रुपैयाँ लगानी गरेर उखु लगाएका हुन् ।

मंगलबार एक्कासी लागेको आगो लागुऔषध प्रयोगकर्ता वा रिसिइबीको कारणले लगाएको हुन सक्ने उहाँको अनुमान छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *