Sajhamanch Archive

बुधबारे साना शहरी खानेपानीको साधारण सभामा दर्जन बढी सम्मानित

Published: in राष्ट्रिय समाचार by .

बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिका एकमा रहेको बुधबारे साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १२ औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।

साधारण सभामा संस्थाका अध्यक्ष लयप्रसाद भण्डारीको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्य रहेको थियो । संस्थाको सभाहलमा भएको कार्यक्रममा अध्यक्ष भण्डारीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन लेखा संयोजक घनश्याम सापकोटाले प्रस्तुत गरेका थिए ।

१२ औं साधारण सभाको अवसरमा आधा दर्जन बढीलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा पूर्व कार्यसमिति सदस्य गोविन्द पौड्याल, नेत्रादेवी बजगाईं, पूर्व लेखा समिति संयोजक गिरीराज दाहाल, परिषद् सदस्यहरु विष्णुप्रसाद बाँस्तोला, पुन्यप्रसाद पौड्याल त्यस्तै उत्कृष्ट लघुवित्त धारा प्रयोगकर्ता भेषराज अधिकारी, असल ग्राहक इप्रका बुधबारे र उत्कृष्ट कर्मचारीमा व्यवस्थापक पुष्पराज न्यौपाने रहेका छन् ।

संस्थाकी उपाध्यक्ष टीकादेवी अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि भुजेल, विशिष्ट अतिथि बुद्धशान्ति गाउँपालिका उपप्रमुख मिरा भुर्तेल, बडाध्यक्षहरु दिलीप श्रेष्ठ, बुद्धिमान लिम्बु, बुद्धशान्ति गाउँपालिकाका प्रशासकीय अधिकृत छविलाल खतिवडा, संस्थाका पूर्व अध्यक्ष ज्ञाननाथ पौड्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए । साधारण सभाको सञ्चालन कार्यसमिति सदस्य दुर्गा कुईंकेलले संचालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *