Sajhamanch Archive

बस दुर्घटना, तीनजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

पर्वत। पर्वतमा कुश्मा नगरपालिका मालढुंगामा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।

बिहीबार बिहान म्यादीको बेनीबाट छुटेको ग १ ख ६१०८ बस दुर्घटना भएको पर्वत ट्राफिक प्रहरी प्रमुख रामकृष्ण गौलीले जानकारी दिए। मृत्यु हुनेहरूको सनाखत हुन सकेको छैन। प्रहरी टोली र एम्बुलेन्स भर्खरै घटनास्थल पुगेकाले अरु क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *