Sajhamanch Archive

मृगौला पीडित आलमलाई स्वतन्त्र मजदुर संगठन बिर्तामोडको आर्थिक सहयोग

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । दुवै मृगौला खराव भई बिराटनगरस्थित गोल्छा अस्पतालमा उपचाररत झापा कन्काई ४ सुरुङ्गाका २८ बर्षीय जूवेर आलमलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बिर्तामोड नगर कमिटिले ३० हजार रुपौयाँ उपचार खर्च बापत प्रदान गरेको छ ।

बिहिबार बिर्तामोडमा संगठनको बिस्तार र सदस्य हस्तान्तरण कार्यक्रमको अवसरमा सदस्य समेत रहेका आलमलाई उपचार खर्च स्वरुप उक्त रकम हस्तान्तरण गरीएको हो । आर्थिक अवस्था दयनिय रहेका आलम बिगत अठार महिनादेखी उपचाररत रहेका छन् ।

कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भिम ज्वालाले आफ्नो संगठनमा आबद्ध कर्मचारी तथा सदस्यहरुका लागी स्थापित कोषबाट हालसम्म ११ जना मृगौला पिडितलाई सहयोग गरि सकेको र यो अभियान निरन्तर जारी रहने उल्लेख गरे । उनले सवारी दुर्घटनाका लागी हरेक समयमा चालकको मात्र गल्ती नहुने भन्दै कतिपय अवस्थामा सडकको अवस्थाका कारण पनि दुर्घटना हुने जानकारी दिए ।

दुर्घट्ना न्यनिकरणका लागी संगठनले समेत पहल गरीरहेको भन्दै उनले दुर्घट्नाग्रस्त क्षेत्र र कारणबारे जिल्ला ट्राफिक कार्यालयसँग छलफल गर्ने प्रतिबद्धता समेत जनाए । स्वतन्त्र मजदुर संगठन बिर्तामोड नगर कमिटिका अध्यक्ष बिक्रम खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय सचिव देवी भट्टराई ,१ नम्बर प्रदेशका अध्यक्ष गौरी लामा लगायतको उपस्थिति रहेको थियो ।

केही समयअघि भएको सडक दुर्घटनामा दोषी ठहर भई जेलमा रहेमा संगठनका सदस्य तथा रमेश बिनायक बसका चालक शिवसताक्षीका थर्क बहादुर अधिकारीका छोराछोरी राजीव र रोस्नी अधिकारीलाई पढाई खर्चबापत आर्थिक सहयोग प्रदान गरिएको कमिटिका सचिव धन बहादुर गीरीले जानकार्ी दिए । यसैबिच, आफुहरुको सुरक्षाका बिषयमा स्थानीय तहले पनि चासो राख्नुपर्ने भन्दै कार्यक्रममा सहभागी यातायात व्याबसायीहरुले यसतर्फ स्थानीय सरकारले ध्यान नदिएकोप्रति गुनासो गरेका थिए । १ नम्बर प्रदेशका उपाध्यक्ष सन्तोष बान्तवाले स्वागत गरेका कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी बानियानले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *