कागजको होइन, साच्चिकै पानी जहाज चलाउने कार्यालय स्थापना भयो : मन्त्री बाँस्कोटा
Published: (Updated: )
by .
काठमाडौं । सरकारले पानी जहाज सञ्चालन गर्नका लागि कार्यालय स्थापना गर्ने भएको छ। मन्त्रिपरिषदको पुस २९ गते बसेको बैठकले ‘नेपाल पानी जहाज कार्यालय’ स्थापना गर्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘कागजको पानी जहाज होइन, साच्चिकै पानी जहाज संचालन गर्न कार्यालय स्थापना गर्ने निर्णय भएको छ।’ उक्त कार्यालयको नेतृत्व राजपत्रांकित तृतीय श्रेणीको इन्जिनियरले गर्ने र कार्यालयमा १५ जनाको दरबन्दी रहने निश्चित भएको मन्त्री बाँस्कोटाले बताए।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाजका कुरा गर्दा आलोचकहरूले कागजका पानी जहाज बनाएर खिल्ली गरेको कुरालाई लक्षित गरेर वास्तविक पानी जहाज बन्न लागेको मन्त्री बाँस्कोटाले बताएका हुन्।
Comments