पशुपतिको स्थापना दिवश,विद्यार्थीलाई शैक्षिक सामाग्री, आमा र नवजात शिशुलाई न्यानो कपडा
Published:
by .
शिवसताक्षी । शिवसताक्षीको झिलझिलेमा रहेको पशुपति एकाडेमीले स्थानीय सन्थाल समुदायका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरी स्थापना दिवस मनाएको छ ।
एकाडेमीले आफ्नो २९ औं स्थापना दिवसको अवसर पारेर सन्थाल समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, सुत्केरी आमा र नवजात शिसुलाई न्यानो कपडा र अभिभावकलाई व्लाङ्केट, खाद्यन्य र आर्थिक सहयोग वितरण गरेको हो ।
स्थानीय भानु माध्यमिक विद्यालय र अरुणोदय प्राथमिक विद्यालयका १७ जना छात्र छात्रलाई शैक्षिक सामाग्री प्रदान गरिएको विद्यालयका प्रिन्सीपल चन्द्र खनालले जानकारी दिए ।
यस्तै १८ वर्षकी सुत्केरी गिता ऋषीदेव र उनको नवजात शिसुलाई न्यानो कपडा प्रदान गरिएको थियो । अति विपन्न समुदायका १३ घर परिवारलाई व्लाङ्केट वितरण गरिएको विद्यालयले जनाएको छ । शिक्षाबाट कोही पनि बन्चित हुनु हुँदैन भन्ने नाराका साथ एकाडेमी अति विपन्न सन्थाल समुदायका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको हो ।
२२ जना विद्यार्थीवाट अध्ययन अध्यापन शुरु गराएको सो विद्यालय ०४५ सालमा स्थापना भएको हो । विद्यालयले आफ्नै स्वामित्तको १४ कठ्ठा जग्गा क्षेत्रमा भुकम्प प्रतिरोधात्मक ३ तले भवन निर्माण गरेको छ । विद्यालयका प्रिन्सीपल खनालका अनुसार आगामी शैक्षिक सत्रदेखी कक्षा ११ मा पनि पढाईहुने र त्यसका लागि कानुनी प्रकृया अघि वढाईएको छ ।
शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रम विद्यालय संचालन समितिका अध्यक्ष मोहन मैनालीको अध्यक्षतामा भएको थियो । विद्यालयकी शिक्षिका गान्धि लिम्वुले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक पदम पाठकले गरेका थिए ।
Comments