Sajhamanch Archive

इलाममा अनसन बसेका थापालाई काठमाण्डौ लगियो

Published: in राष्ट्रिय समाचार by .

विर्तामोड । गत पुस २७ गते बाट इलाममा अनशनरत रहेका बिजय थापालाई आज काठमाडौ लगिएको छ।

गएराती इलाममबाट एम्बुलेन्स मार्फत झापाको मेची अञ्चल अस्पताल ल्याइएको थियो ।झापाका युवा समर्थकहरुले थापालाई बिदार्इ गरेका हुन्। झापाका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थितिमा थापालाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौ लगिएको हो ।

एन ए ०५५ हेलिकप्टर मार्फत उनलाई उपचारका लागि लगिएको बताइएको छ। अनशनमा बसेका थापालाई झापा युवा विद्यार्थीहरु केशव भण्डारी भीष्म पौडेल लगायतले आफ्ना माग र अडानमा कटिबद्ध रहन आग्रह गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *