प्रधानमन्त्री रोजगार कार्यक्रमका लागी दरखास्त आव्हान
Published:
by .
काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागी सरकारले हरेक स्थानीय तहमा संयोजक तथा नायव सुब्बाका लागी दरखास्त आव्हान गरेको छ ।
योग्यता पुगेका बेरोजगारले यो रोजगारी हासिल गर्न सक्नेछन् । स्थानीय तहमा बेरोजगारहरुको पहिचान र सूचीकरण गर्ने तथा सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी दिने उद्वेश्यलाई कार्यान्वयन गर्न ७५३ वटै स्थानीय तहमा स्थापना हुने रोजगार सेवा केन्द्रका लागि दरखास्त आव्हान गरेको हो ।
जसका लागी अनलाइन फाराम समेत भर्न सकिनेछ ।
Comments