ट्रम्पमाथि आरोप लगाउने ‘सेक्स गुरु’ लाई पुलिसले जबर्जस्ती पक्राउ गरे
Published: (Updated: )
by .
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियान र रुसबीच साँठगाँठको प्रमाण भएको दाबी गर्ने बेलारुसकी मोडल अब रुसी पुलिसको हिरासतमा छिन् ।
नास्त्या रेबका (वास्तविक नाम अनसतासिया वाशूकेविच) लाई थाइल्याण्डबाट ल्याइएको हो । उनलाई मस्को एयरपोर्ट पुगेपछि हिरासतमा लिइयो ।
नास्त्याका वकिलले इन्स्टाग्राममा एउटा भिडियो पोष्ट गरेका छन् । वकिलका अनुसार यो भिडियोमा उनलाई कसरी पक्राउ गरियो, त्यो देखिएको छ ।
जो नशामा देखिन्छिन्, निकै संघर्ष गरिरहेको देखिन्छिन् । उनलाई चारजना व्यक्तिले हात खुट्टा समातेरमा जबर्जस्ती ह्विलचेयरमा बसाउँछन् र लैजान्छन् ।
Comments