Sajhamanch Archive

नगरकी कर्मचारीले गरिन् आफ्नो जन्म दिनमा रक्तदान कार्यक्रमको आयोजना

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

शिवसताक्षी । शिवसताक्षी एक कर्मचारले आफ्नो २६ औ जन्मदिनमा रक्तदान कार्यक्रमको आयोजना गरेकी छिन् ।
शिवसताक्षी १ को वडा कार्यालय प्रशासन फाँटका सहायक पदकी कर्मचारी माया सापकोटाले आफनो जन्मदिनको अवसरमा आइबार पाराबारी बजारमा रक्तदान कार्यक्रमको आयोजना गरेकी हुन् ।

सापकोटाले रगतदान जस्तो मानवीय कार्यको आयोजना गरेर नौलो कार्यको थालनी गरेको नगर प्रमुख चन्द्रकुमार शेर्माले बताए । उनले सापकोटाले जस्तै नगर बासीले आ–आफ्नो जन्म दिनमा यस्तै पुन्य काम गर्न सके सकरात्मक सोचको विकास भई समाजिक उत्तरदायित्व बोध हुने बताए ।

सामाजिक कार्यमा फडको मार्दै आएकी सापकोटाले आयोजना गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले प्राविधिक सहयोग गरेको थियो । अघिल्लो जन्मदिनमा उनले नमुना बालगृहका बालबालिकाहरुलार्इ शैक्षिक सामाग्री प्रदान गरेर मनाएकी थिइन ।

रक्तदान कार्यक्रमका नगरप्रमुख मेयर चन्द्र कुमार शेर्मा , उपमेयर भोजकुमारी नेपाल ,३ नम्बर वडाध्यक्ष, पुन्य सापकोटा दमक रक्त सन्चार प्रमुख सिदार्थ दाहाल ,पाराबारी बजार समितिका अध्यक्ष बम बाहादुर कार्की लगायतको उपस्थिति रहेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *