Sajhamanch Archive

नगरपालिकाद्वारा विपन्न परिवारका विद्यार्थीहरुलाई साइकल प्रदान

Published: in राष्ट्रिय समाचार by .

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले पथरी क्याम्पसमा अध्ययनरत आर्थिक विपन्न नगरका ११ जना छात्रालाई साइकल वितरण गरेको छ ।

नगरपालिका कार्यालय आइतबार आयोजित कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट बास्तोला, नगर प्रवक्ता यामप्रसाद गुरागाईं सहितका जनप्रतिनिधिहरुले ११ छात्रालाई एक–एक थान साइकल वितरण गरेका हुन् ।

नगरपालिकाले लक्षित वर्गको कार्यक्रम अन्तर्गत ‘छोरीलाई छात्रबृत्ती’ नामाकरण गरी आर्थिक विपन्नको पठन पाठनमा सहयोग पुर्याउन साइकल प्रदान गरिएको नगर उपप्रमुख बास्तोलाले बताइन् । उनले छोरीहरुले राम्रो शिक्षा लिएर आत्मनिर्भर वन्ने प्रेरणाका अरु पनि कार्यक्रम अघि बढाउने सकिने बताइन् ।  पथरी क्याम्पसको अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारी संगठनका विद्यार्थीले साइकल वितरणको लागी सुझाब दिएको बताइएको छ ।

साइकल प्राप्त गर्ने विद्यार्थीहरु रीता परियार, संजिता विश्वा, हसना थापा, पवित्रा सुब्बा, अविशा माझी, सावित्रा विश्वकर्मा, मुना सुब्बा, जानुका विश्वकर्मा, रमा विश्वकर्मा, पवना वस्नेत र पवित्रा तामाङ रहेका छ्न । ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *