Sajhamanch Archive

सरकारको रेल : पक्का गुड्छ, चाँडै गुड्छ

Published: in मिडियाबाट साभार by .

काठमाडौं । निर्माणाधिन जयनगर–कुर्था रेलमार्गमा सरकारको लगानीमा रेल खरिद गरी संचालन गर्ने तयारी भएको रेल विभागले जनाएको छ । गत पुस २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले समेत रेल किन्ने निर्णय गरेपछि खरिद प्रक्रिया अगाडि बढाउन सहमति मिलेको छ ।

विभागले मिति नतोके पनि चाँडै रेल संचालनमा आउने जनाएको छ । विभागका सिनियर डिभिजनल इन्जिनियर ९सिडिई० अमन चित्रकारले जयनगर–कुर्थामा चाँडै रेल गुड्ने दाबी गरे । ‘मिति नतोकौं तर चाँडै नै रेल गुड्छ–उनले भने ।

विभागले २ वटा रेल गुडाउने भने पनि बजेट भने १ वटा रेल किन्न सकिने बराबर विनियोजन गरेको छ । सरकारले यस वर्ष रेल किन्न भन्दै ५० करोड रुपियाँ बजेट विनियोजन गरेको छ । यो समाचार नेपाल समाचार पत्रबाट लिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *