Sajhamanch Archive

छाया सरकारको मन्त्री बन्न २८ जनाको दाबेदारी

Published: in मिडियाबाट साभार by .

काठमाडौं । नेकपा नेतृत्वको सरकारका हरेक मन्त्रालयको गतिविधिको निगरानी गर्न कांग्रेसले बनाउने भनेको छाया सरकारमा सांसद विनोद चौधरीदेखि उमेश श्रेष्ठसम्मले मन्त्रीको दाबी गरेका छन्।

पार्टीका ६३ सांसदलाई इच्छाएका तीनवटा मन्त्रालय प्राथमिकताअनुसार छान्न दिएकोमा व्यापारिक पृष्ठभूमिका चौधरी र श्रेष्ठले पनि छायामन्त्रीमा दाबेदारी पेश गरेका हुन्। प्राथमिकतामा चौधरीले अर्थ, परराष्ट्र र उद्योग र वाणिज्य र श्रेष्ठले शिक्षा, ऊर्जा र पर्यटन मन्त्रालयमा दाबी गरेका छन्।

पुस २४ मा बसेको कांग्रेस संसदीय दलको बैठकले छाया सरकार गठन गर्ने निर्णय गरेको थियो। तर १४ दिनसम्म ६३ मध्ये २८ सांसदले मात्र छायामन्त्रीका लागि दाबी प्रस्तुत गरेका छन्। पार्टी पदाधिकारी, पूर्वपदाधिकारी, पूर्वमन्त्री, उद्योगी र व्यापारी पृष्ठभूमिका सांसदले मन्त्रीमा इच्छा जनाएका छन्।

नयाँ पत्रिका दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *