मोरङमा ग्याँस वाईल्डिङको ड्रम पड्किएर एकको मृत्यु
Published:
by .
बेलबारी ।मोरङमा ग्याँस वाईल्डिङको ड्रम पड्किएर एकको मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका–११ मा ग्याँस वेल्डिङको ड्रम पड्किएर स्थानीय मनिष बराईलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान ८ः५० बजेको समयमा सोही स्थानमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आईरहेका ३७ वर्षीय बराईलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
वेल्डिङको ड्रम पड्किएर शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका बराईलीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
Comments