Sajhamanch Archive

घरको बरण्डाबाट लडेर वृद्धाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार by .

खोटाङ। खोटाङको रुपाकोट–मझुवागढी नगरपालिका–८ मा गएराति घरको बरण्डाबाट लडेर एक वृद्धाको मृत्यु भएको छ ।

सोमबार आफन्त मकर बहादुर चौहानको घरमा सप्ताह पुराणमा गएकी खोटाङ साकेला गाउँपालिका–५ बस्ने कृष्णबहादुर खत्रीकी श्रीमती टीकाकुमारी खत्रीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

राति १ बजेको समयमा बाहिर निस्कने क्रममा घरको १ तला माथि बरण्डाबाट लडेर गम्भीर घाइते भएकी ७७ वर्षीया खत्रीको राति २ बजे घटनास्थलमा नै मृत्यु भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *