गोंगबुमा हतियार कारोबारीसँग प्रहरीको जम्काभेट, चल्यो गोली
Published:
by .
काठमाडौं । काठमाडौंको गोंगबुमा प्रहरीले एक जना हतियार कारोबारीमाथि गोली चलाएको छ । काभ्रेका अभिलास तामाङले प्रहरीमाथि गोली प्रहारको प्रयास गरेपछि प्रहरीले गोली चलाएको जनाएको छ ।
प्रहरीको गोलीबाट तामाङ घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । हतियारसहित हिँडिरहेको सुराकीका आधारमा अनुसन्धानमा रहेको प्रहरीमाथि तामाङ जाइलागेपछि गोली चलाउनु परेको प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए ।
Comments