६० लाख शुल्क बुझाएर सेनाले पहिलाे पटक गर्याे नक्सापास
Published:
by .
काठमाडौं । नेपाली सेनाले पहिलो पटक कानुनअनुसार शुल्क तिरेर सैनिक भवनको नक्सापास गरेको छ । सैनिक कल्याणकारी कोषबाट निर्मित महांकालस्थित अस्पताल र व्यावसामियक भवनको नक्सापास गर्दा सेनाले काठमाडौं महानगरपालिकालाई करिब ६० लाख शुल्क बुझाएको छ ।
नगर कार्यपालिकाको निर्यणअनुसार भवन निर्माण अनुमतिमा लाग्ने शुल्कमा निश्चित रकम छुट दिएर त्रिचन्द्र मिलिटरी अस्पताल परिसरका संरचनाको नक्सा पास गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । यो समाचार आजको कारोबारबाट लिएको हो ।
Comments