Sajhamanch Archive

भोजपुर केन्द्र भएर भूकम्पको धक्का

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । भोजपुर केन्द्र भएर मंगलबार राति भूकम्प गएको छ। भोजपुर र खोटाङको सीमा क्षेत्र धोत्लेखानी केन्द्र बनाएर ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको हो।

राति साढे १० बजे गएको भूकम्पको धक्का आसपासका जिल्लाका नागरिकले महसुस गरेका थिए। यो गोरखा भूकम्पको पराकम्प नभइ नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि मंगलबार दिउँसो काठमाडौं केन्द्र भएर ३ दशमलब ३ रेक्टर स्केलको पराकम्प गएको थियो भने पुस २६ गते रामेछाप केन्द्र भएर ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *