फजुल खर्च कटाएर प्रहरीलाई मोटरसाइकल
Published: (Updated: )
by .
विर्तामोड । बिर्तामोडका एक युवकले जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर प्रहरीलाई एक थान मोटरसाईकल हस्तान्तरण गरेका छन् ।
बिर्तामोड –९ का युवा ब्यावसायी एवम् समाजसेवी प्रकाश बुढाथोकीले अस्थायी प्रहरी चौकी गरामुनीलाई एक थान मोटरसाईकल हस्तान्तरण गरेका हुन्।
उनले जन्मदिन समुदायको लागि भन्ने अभियान नै चलाए जन्मदिनको अवसरमा १६० सी सीको मोटरसाईकल गरामुनी प्रहरी चौकीलाई हस्तान्तरण गरिएको बताए । प्रहरी चौकीमा आज आयोजित कार्यक्रम बिच मोटरसाईकलको चाबि ईलाका प्रहरी कार्यलयका प्रमुख डिएसपी सुबास खड्कालाई बुडाथोकी हस्तान्तरण गरेका थिए।
चौकीका इन्चार्ज बिनोद काईरालाले स्वागत गरेक कार्यक्रममा राप्रपाका नेता भक्ति सिटौला ,बाड नं. ९ का अध्यक्ष पबित्रा पाठक ,नेकपाका मोहन सुब्बा लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमका सञ्चालन संचारकर्मी सरोज पौडेलले गरेका थिए ।
Comments