अनेरास्ववियूले विभिन्न दश सुत्रीय मागसहित मेची क्याम्पसमा ज्ञापन पत्र बुझायो
Published:
by .
भद्रपुर । अनेरास्ववियू मेची वहुमुखी क्याम्पस कमिटिले विभिन्न दश सुत्रीय माग राख्दै क्याम्पस प्रशासनलाई ज्ञापन प्रत्र वुझाएको छ ।
अनेरास्ववियू मेची वहुमुखी क्याम्पस कमिटिको अध्यक्ष अशोक खतिवडाको नेतृत्व मा वि विद्यार्थीहरुको समुहले क्याम्पस प्रमुखलाई विद्यार्थीहरुको समस्या छिटो सामाधान गर्न दवाव दिएका हुन् ।
अनेरास्ववियूले विद्यार्थीहरुलाई कलेज वसको व्यवस्था, आधुनिक विज्ञान प्रयोगशाला, सुविधा सम्पन्न छात्राबास, निःशुल्क ई लाइवेरी, स्मार्ट डिजिटल परिचय पत्र उपलब्ध गराउनु पर्ने माग पत्र सहित ज्ञपान पत्र बुझाएको जनाएको छ । वनस्पति विज्ञानको विद्यार्थीहरुको लागि वोटानिकल गार्डेन, विज्ञान संकायमा व्यवस्थित खानेपानी, शौचालयलगायत विभिन्न विद्यार्थीहरुको समस्याहरु सामाधान हुनु पर्ने ज्ञपान पत्रमा उल्लेख गरिएको अनेरास्वियू मेची क्याम्पस कमिटिको उपाध्यक्ष गौरभ खतिवडाले जानकारी दिए ।
Comments