शहीद धर्मभक्तको स्वर्ण महात्सवको उद्घाटन
Published: (Updated: )
by .
कमल । झापाको कमल गाउँपालिका ३ केर्खा स्थित श्री शहिद धर्मभक्त माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको आज उद्घाटन गरिएको छ ।
प्रदेश नम्वर १ का सभाषद अर्जुन राईले महोत्सवको उद्घाटन गरेका हुन् ।
उदघाटनका क्रममा राईले आफु यसै विद्यालयको पूर्व विद्यार्थी र शिक्षक समेत रहेको बताउँदे सामुदायिक विद्यालयलाई स्थानिय तह र प्रदेश सरकारले समेत उपेक्षा गरेको बताए । अवका दिन सामुदायिक विद्यालयलाई हेर्ने नजर फेरिनु पर्ने उनको भनाई थियो ।
आज महोत्सव उद्घाटन कार्यक्रम अन्तरगत कमल गाउँपालिकामा रहेका माध्यमिक तह स्तरिय भलिवल प्रतियोगिता भएको सम्पन्न भएको छ । भलिबलमा छात्र तर्फ ९ र छात्रा तर्फ ७ टिम सहभागी रहेका थिए । भलिवल प्रतियोगिताको फाइनल खेल माघ १२ गते हुने विद्यालयले जनाएको छ ।
विद्यालयले यहि आज बाट सुरुगरेको साप्ताहीक कार्यक्रम माघ १८ गते समापन हुने छ । विद्यालयले विहान पत्रकार सम्मेलन गरी आजबाट महोत्सव सञ्चालन गरिने जानकारी गराएको थियो ।
Comments