गाउँपालिकाका उपाध्यक्ष नै मूर्ति तस्करीमा संलग्न, पक्राउ पर्ने डरले फरार
Published:
by .
डोल्पा । गाउँपालिकाका उपाध्यक्ष नै बौद्ध मूर्ति तस्करीमा संलग्नता रहेको पाइएको छ। उपल्लो डोल्पाको डोल्पोबुद्ध गाँउपालिकाका उपाध्यक्ष मलामटसी गुरुङ प्राचीन बौद्ध मूर्ति तस्करीमा संलग्नता रहेको पाइएको हो।
शे–फोक्सुण्डो गाँउपालिका ४ को राहाप गुम्बाबाट आठ वर्षअघि प्राचीन बौद्ध मूर्ति र स्तुपा तस्करीमा रहेको प्रहरी अनुसन्धानबाट खुले पनि फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ। गुम्बाबाट हराएका ३८ थान बुद्धका मूर्ति र स्तुपाहरू चोरीमा उपाध्यक्ष गुरुङ मुख्य नाइके भएको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक अभदेश बिष्टले बताए। स्थानीयतहको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित हुनुअघि देखि नै मुख्य योजनाकारको रूपमा गुरुङले मूर्ति तस्करी गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको हो।
केही दिनअघि मूर्ति चोरीमा संलग्नलाई प्रहरीले एकपछि अर्को गर्दै पक्राउ गर्न थालेपछि गुरुङ नेपाल छाडेर भारतमा लुकेर बसेको प्रहरीले जानकारी दिएको छ। यसअघि मूर्ति चोरीमा संलग्न ४ जनालाई काठमाडौंबाट प्रक्राउ गरिएको थियो। पक्राउ परेका चारमध्ये तीन जना ९ माघमा जेल चलान भएका छन्। शे–फोक्सुण्डो गाँउपालिका ४ का ४१ बर्षिय उर्केन पासाङ, सोही गाँउपालिका १ का ४१ वर्षीय झयाम्पा छुल्डिम लामा,वडा नं ४ का पासाङ लुण्डुप गुरुङ र्पुपक्षका लागि जेल चलान भएकाछन्।
दुई अध्यक्ष धरौटीमा रिहा
मूर्तिमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुइ अध्यक्ष भने धरौटीमा रिहा भएका छन्। डोल्पोबुद्ध गाँउपालिका ५ का वडा अध्यक्ष कार्मा गुरुङ र सोही गाँउपालिका ३ का छिरिङ धावा गूरुङ भने जनही पचास हजार रुपैयाँ धरौटीसहित ९ माघमा रिहा भएका छन्।
Comments