मनषा सिमेन्ट उद्योगका म्यानेजर दुग्गड मृत फेला
Published:
by .
भद्रपुर । मनषा सिमेन्ट उद्योग भद्रपुरमा कार्यरत एक भारतीय नागरिकको हत्या भएको प्रहरीको आंशका गरेको छ ।
भद्रपुर नगरपालिका. वडा नं. ९ मा संचालित मनषा सिमेन्ट उद्योगमा म्यानेजर पदमा कार्यरत भारतको पटना, विशाखा निवासी ६२ वर्षीय कमल दुग्गड उद्योगकै कार्यालय कोठामा शनिबार विहान मृत अवस्थामा फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उद्योग परिसरभित्रै कोठामा बस्दै आएको दुगडको हत्या भएको वा शंकास्पद मृत्यु भएको अहिले नै केही भन्न नमिल्ने डिएसपी श्रेष्ठको भनाई छ । ‘मृतक दुग्गडको लासको प्रकृति हेर्दा उनको शव ओछ्यानमा रहेको छ, डिएसपी श्रेष्ठले भने,‘मखुमा कपडा हाल्नुका साथै हात खुट्टा बाँधिएकोले उनको हत्या भएको प्रहरीलाई आंशका छ ।
‘हामीले धरानबाट तालिम प्राप्त कुकुरसहितको टोली मगाएका छौं, सो टोली आएपछि मात्र घटनास्थलको कोठाभित्र प्रवेश गर्नेछौं डिएसपी श्रेष्ठले भने । विगत ३ वर्षदेखि उद्योगमा कार्यरत दुग्गड शनिबार नै आफ्नो घर फर्किने तयारीमा रहेका थिए । शनिबार विहान उद्योगका चालकले उनलाई भारत आफ्नो घर फर्किने तयारीमा रहेका थिए । शनिबार विहान उद्योगका चालकले उनलाई भारत छाड्ने भनी बोलाउन आउँदा उनको शव ओछ्यानमा लडेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । अहिले घटनास्थलमा प्रहरी टोली खटिएको छ ।
Comments