भारतको गणतन्त्र दिवसको अवसरमा भद्रपुरमा शुभकामना आदान प्रदान
Published:
by .भद्रपुर । भारतको गणतन्त्र दिवसको अवसर पारेर भद्रपुरमा शुभकामना आदान प्रदान गरिएको छ । नेपाल भारत मैत्री संघको आयोजनामा भद्रपुर स्थित सामुदायिक विकास केन्द्रको सभाहलमा दुई देशका प्रतिनिधि बीच शुभकामना आदान प्रदान गरिएको हो ।
मैत्री संघका झापा अध्यक्ष प्रदिपमणि रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भारत नेपाल मैत्री संघका गणेश प्रसाद राया, अग्रज पत्रकार चिन्तामणि दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Comments