Sajhamanch Archive

दैलोमा प्यान राखेर खुल्ला दिशामुक्त क्षेत्र घोषणा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

सिरहा । गत वर्ष चैतमा सिराहमा भव्य कार्यक्रम आयोजना  गरियो । प्रमुख अथिति मुख्यमन्त्री लालबाबु राउतले हरियो झन्डा देखाएर तथा सरसफाइ स्तम्भ अनावरण गरेर जिल्लामा शतप्रतिशत चर्पी बनेको घोषण गरे ।  ‘सिरहा जिल्ला शतप्रतिशत घरधुरी तथा संघसंस्थाहरुमा सुरक्षित शौचालयको पहुँच भई प्रदेश नम्बर २ को पहिलो खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको छ ।’

जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता  समन्वय समितिले जिल्लाका शतप्रतिश परिवारमा चर्पी बनेको कागजी तथ्ष्याकं बनाएर घोषणासभा आयोजना गरेको थियो ।

खुला दिसामुक्त घोषणा, शिक्षक नै जंगलमा जान्छन् 

तेह्रथुममा खुला दिसामुक्त जिल्ला घोषणा भएको तीन वर्ष भइसक्दा पनि तेह्रथुममा सबै घर, विद्यालय र सार्वजनिक  स्थानमा शौचालय बनेको छैनन् । बनेको अधिकांश शौचालय पनि पानीको अभावका कारण प्रयोबिहीन भनेका छन् । यतिसम्म कि विद्यालयका शिक्षक नै शौच गर्न जंगलतिर छिर्न बाध्य छन् ।

नयाँ पत्रिकाबाट ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *