Sajhamanch Archive

चकलेट र चाउचाउको भरमा ८ दिन हिमपातमा, हेलिकोप्टबाट उद्दार

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । एक सातादेखि हिमपातमा फसेका चारजनाको बिहान उद्दार गरिएको छ। माघ ७ गतेदेखि मकालु आधार शिविर नजिकै लाङमालेमा फसेका चारजना शेर्पाहरूलाई सोमबार बिहान हेलिकोप्टर मार्फत उद्धार गरिएको हो।

निरन्तरको हिमपातले दुई मिटरसम्म हिमपात भएपछि पेम्वा जाङ्बु शेर्पा सहित चार जना अगाडि जान र फर्किन सकेका थिएनन्।

जर्मन नेपाल फ्रेन्डसिप ट्रेक नाम दिएर ‘पहिलो हिउँदे उच्च ग्रेट हिमालयन ट्रेल’ को यात्रामा हिँडेका आइम ट्रेकका प्रमुख पेम्वा जाङ्बु शेर्पासहित खुम्बु पासाङ ल्हामु गाउँपालिका–१ का दारिन्जी, पेम्वारिन्जी, पासाङ गेलु शेर्पालाई हेलिकोप्टरबाट लाङमाले लुक्ला हुँदै काठमाडौं ल्याइएको हो।

चार हजार चार सय मिटरको लाङमालेखर्कको सानो गोठमा ८ दिनसम्म चकलेट र चाउचाउको भरमा बसेका पेम्वा जाङ्बुले बताए। ‘हिउँदमा पनि उच्च क्षेत्रमा पदयात्रा गर्न सकिन्छ’ भन्ने सन्देश दिन उच्च ग्रेट हिमालयन ट्रेलको पदयात्रा गर्न उनीहरूले ताप्लेजुङबाट यात्रा सुरु गरेका थिए।

लगातारको हिमपातले मौसम खराब भएपछि त्यस क्षेत्रमा हेलिकोप्टर पठाउन नसक्दा ८ दिनसम्म उद्दार हुन सकेको थिएन। शरद र बसन्त ऋतुमा मात्र पदयात्रा र पर्वतारोहण हुने गरेपछि सरकारले १२ महिनानै पदयात्राका लागि नेपाल उपयुक्त गन्तव्य भनेर प्रचारप्रसार सुरु गरेका छ।

यो टोलीले नेपालमा पहिलो पटक हिउँदमा उच्च हिमाली भेगमा पदयात्रा गर्न सकिने सन्देश दिन दुई महिने पदयात्रा सुरु गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *