Sajhamanch Archive

काठमाडौंमा यौनकर्मीको उत्पात: आकाशे पुलमाथि डिल

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । ‘मेरो नाम रोशनी हो, जाने हो ? ५ सय मात्र क्या’ एक तेस्रोलिंगीले रत्नपार्कको आकाशे पुलमाथि झिसमिसिएको साँझमा बटुवासँग प्रस्ताव राख्दै थिए,‘मिलाएर गरिदिन्छु नि !’

यस्तो संवाद काठमाडौंका लागि नयाँ होइन । महानगरीय प्रहरी कार्यालय रानीपोखरी अगाडी रहेको पुलमाथि यस्तो डिल भइरहँदा सुरक्षामा खटिएका प्रहरी भने मुकदर्शकभन्दा केही हुँदैनन् ।

यौन कर्म गरेर बाँचेका तेस्रोलिंगीमात्र होइन, कतिपय महिलाहरू पनि पुलमाथि, रत्नपार्कका वरिपरिका स्थानमा चुरोट पिउँदै डिल गरिरहेका हुन्छन् । झोला बोकेका, भर्खरै काठमाडौं आएको जस्ता देखिने बटुवा उनीहरूको प्रमूख निशानामा हुन्छन् ।

‘यो आम दृश्य हो, कसलाई कहाँ लगेर हामीले के गर्नू ?’, सुरक्षामा खटिएका एक प्रहरी भन्छन्,‘उनीहरूलाई एक दिन लगारे पनि अर्को दिन त्यहि चालामाला हो ।’

ठाउँअनुसार यौनकर्म खुलेर गर्ने धेरै छन् । रेडलाइट एरिया नभए पनि साँझ परेपछि रत्नपार्क र आसपासका क्षेत्र त्यो भन्दा कम हुँदैन । डिल हुन्छ, कुरो मिलेपछि कुनै होटल वा गेस्ट हाउसमा पुग्छन् यौनकर्मीसहित ग्राहक । त्यसैले पनि आसपासका सस्ता, बागबजार, सुन्धाराका गेस्ट हाउस चलेको बताउँछन्, सर्वसाधारण ।

त्यसो त काठमाडौंको यौनकर्ममा अचम्मका घटना र उत्पात देखिन थालेका छन् । केही दिन अघि मात्र एक युवकले सार्वजनिक सवारी साधनमा हस्तमैथुन गरी विर्यपात नै गरिदिएको विषयले अहिले प्रहरी पनि समस्यामा परेको छ ।

उक्त घटना र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीेले घटना भएको सवारी साधनलाई नियन्त्रणमा लिएको र घटना गराउनेको खोजी जारी रहेको जनाएको छ ।

त्यसो त उपत्यकामा रहेका कतिपय अपार्टमेन्टमा पनि यौनकर्मका फरक चित्र र चरित्र देखिने गरेको बताउँछन्, जानकारहरू । प्रहरीले सातामा कयौ जोडीलाई आपत्ति जनक अवस्थामा पक्राउ गरी सार्वजनिक गरिनु पनि यसको प्रमाण मान्छन्, सर्वसाधारण ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *