प्रधानमन्त्री ओली झापा आउँदै
Published:
by .
दमक । प्रधानमन्त्री केपी शर्मा ओली गृहनगर झापाको दमक आउने भएका छन् । आगामी माघ १७ गते दमकमा हुने बृहत बाल महोत्सवको उद्घाटनका लागि उनी आउने नगरपालिकाले जनाएको छ।
बालबालिकाहरुको सर्वाङ्गगीण विकास गर्ने उद्देश्यले यहि माघ १७ गतेदेखि ५ दिन दमक नगरपालिकाले महोत्सव आयोजना गर्दैछ। महोत्सवका लागि नगरपालिका उपप्रमुख गीता अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति बनाइएको छ। समिति संयोजक अधिकारीले पहिलो पटक हुन लागेको महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री आउने निश्चित भएको बताएकी हुन् ।
बालबालिकाहरुका लागि लक्षित गरि आयोजना गरिएको महोत्सवमा चित्रकला, गायन, नृत्य, कविता वाचन, निवन्ध लेखन, म्याथ ओलम्पियाड लगायतका प्रतियोगीता हुने छन् । यस्तै विज्ञान प्रदर्शनी अन्तर्गत तारा मण्डलको अवलोकन, आणविक विज्ञानबारे जानकारीलगायतका अवसर समेत प्रदान गरिने नगरपालिकाले जनाएको छ। विज्ञान प्रदर्शनी प्रतियोगीता राखिएको संयोजक अरुणकुमार श्रेष्ठले जानकारी दिएका छन्। यसै गरि दैनिक राष्ट्रिय कलाकारहरु र बालबालिकालाई पे्ररित गर्ने व्यक्तिहरुको प्रस्तुती पनि रहने जनाइएको छ।
Comments