२३ वटा आरोप लगाएर अमेरिकाले दायर गर्याे हुवाईविरुद्ध मुद्दा
Published:
by .
अमेरिकाले चिनियाँ मोबाइल कम्पनी हुवाई र प्रमुख फाइनान्सियल अफिसर मेङ वाङ्जुमाथि फौजदारी अपराधको अभियोगमा मुद्दा दायर गरेको छ।
अमेरिकाको न्यायिक विभागले बैंक ठगी गरेको, न्यायमा अवरोध गरेको र अमेरिकी मोबाइल कम्पनीबाट प्रविधि चोरी गरेको आरोपमा मुद्दा दायर गरेको हो। हुवाई कम्पनीकी प्रमुख फाइनान्सियल अफिसर मेङलाई गत डिसेम्बर १ मा क्यानडाको भ्यानकुभरबाट पक्राउ गरिएको थियो। उनलाई इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धविरुद्ध काम गरेको आरोप लगाइएको थियो। यो घटनाले चीन, क्यानडा र अमेरिकाबीचको सम्बन्ध चिसिएको थियो।
क्यानडाले चीनका लागि आफ्ना राजदूतलाई बर्खास्त गरेको भोलिपल्टै अमेरिकाले हुवाई र मेङमाथि मुद्दा दायर गरेको हो। अमेरिकाले भने हुवाई कम्पनीविरुद्ध विभिन्न २३ वटा आरोप लगाएको छ। हुवाई कम्पनी र मेङले भने आरोप अस्वीकार गरेकी छिन्।
Comments