Sajhamanch Archive

बन्ने भयो शिवसताक्षी स्थित सतासी खोलामा पुल

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दूधे । झापाको शिवसताक्षी स्थित सतासी खोलामा पुल बन्ने भएको छ । शिवसताक्षीको कनकाई नहर हुँदै वडा नं. ११ बाट ८ जोड्ने सतासी खोलामा पुल बन्ने भएको हो ।

प्रदेश सरकार अन्तर्गत भौतिक योजना मन्त्रालयबाट विनियोजित प्रारम्भिक बजेट ७४ लाखबाट पुलको निर्माण कार्य सुरु गर्ने प्रदेश संसाद झलसिंह दलार्मले बताए । उनका अनुसार दुई वर्ष भित्र पुलको निर्माण कार्य पुरा गर्ने लक्ष्य लिएको छ । पुल निर्माण कार्य पुरा गर्न ६ करोड बजेट क्रमिक रुपमा विनियोजन हुने जानकारी गराइएको छ ।

पुल ८० मिटर लम्बाई र १० मिटर चौडाईको बन्ने बताइएको छ । मंगलबार प्राविधिक सहितको अध्ययन टोलीले पुल निर्माण गर्ने स्थान अवलोकन गरेको छ । पुलको निर्माण कार्य पुरा भएपछि शिवसताक्षी नगरपालिकासँग वडा नं. १, २, ३, ८ ९, १० र ११ लाई जोड्ने स्थानीय युवा महेन्द्र भट्टराईले जानकारी दिए । उनले सतासी खेला पश्चिमका वडाहरु नागरिकलाई नगरपालिकासम्म आउन पूर्व पश्चिम लोकमार्ग आएर घुम्नु पर्ने बाध्यता हट्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *