पिक आवरमा ट्रिपर रोक लगाएकोमा व्यवसायीले आन्दोलन गर्ने, ट्रिपरमा आगजनी गर्नेलाई कार्वाहीको माग
Published: (Updated: )
by .
सुनसरी । कार्यालय समयको पिक आवरमा ट्रिपर सञ्चालन रोक लगाएको नियमलाई पूर्वाञ्चल ट्रिपर व्यवसायी सङ्घले नमान्ने बताएको छ । आज सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै पूर्वाञ्चलका ट्रिपर व्यवसायीले सोमबार विराटचोकमा बालिकाको दुर्घटनामा मृत्यु हुँदा ट्रिपर जलाउनेलाई समेत कारवाहीको माग गरेका थिए ।
सरकारले बिहान २ घण्टा र बेलुकी २ घण्टा ट्रिपर चलाउन नपाइने भनी गरेको निर्णय कार्यान्वयन गर्न नसकिने बताएका हुन् । अलिकति ट्रिपर व्यवसायीको पीडा पनि बुझ्नुपर्छ’, व्यवसायी सङ्घका अध्यक्षले गोपाल कार्कीले भने, ‘राजमार्ग भनेको निर्बाध सवारीसाधन गुडाउने ठाउँ हो करोडौं लगानी गरेर ल्याएको ट्रिपर कसरी थन्क्याएर राख्नु, यो कुरा झिदिनुपर्दछ ।
सोमबार मोरङको विराटचोकमा ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि ट्रिपरमाथि आगजनी भएको विषयमा सङ्घले आन्दोलन गर्नेसमेत बताइएको थियो ।
Comments