Sajhamanch Archive

नेपाली कांग्रेसद्वारा शहीदहरुप्रति सम्मान, सरकारप्रति विरोध प्रदर्शन

Published: (Updated: ) in राजनीति by .

दूधे । शिवसताक्षीको दूधेमा शहीदहरुप्रति सम्मान जनाउँदै दीप प्रज्वलन गरिएको छ । आज साँझ नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस तरुणदलको संयुक्त आयोजनामा दिप प्रज्वलन गरिरएको हो ।

दीप प्रज्वलन कार्यक्रममा अधिकांश वक्ताहरुले गंगालाल श्रेष्ठ, दशरथ चन्द ठाकुर, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीले आफ्नो जिवनको आहुती दिएर निरङ्कुश राणा शासनको अत्य गरी आज हामी स्वतन्त्र भएर बाँच्न पाएको बताए । उनीहरुले नेपालमा स्वतन्त्रता, स्वाधिनता र प्रजातन्त्रको माग राखी आफ्नो जीवन नै अर्पण गर्ने शहीदको त्याग, तपस्या र बलिदानको सदैव स्मरण र सम्मान गरिनुपर्ने बताए ।

यसैबीच दिप प्रज्वलन पश्चात नेपाल विद्यार्थी संघले सरकार विरुद्ध राँके जुलुस निकालेका थिए । प्रहरीले राँके जुलुसलाई रोकेपछि नारावाजी गर्दै दूधे बजार परिक्रममा गरिएको थियो । उनीहरुले अनशनरथ डा. गोविन्द केसीको जिवन रक्षाको माग गर्दै सरकार विरुद्ध नारा लगाएका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेसका नारायण प्रसाद बजगाईँ, मनोज खुलाल, नेविसंघ नगर सभापति दिवस बाँस्कोटा लगायतले मन्तव्य राखेका थिए । नेपाली कांग्रेस वडा सचिव हर्क वि.क.को अध्यक्षतामा भएका कार्यक्रमको सञ्चालन होम दुलालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *