भद्रपुरमा रात्रीकालिन उडानको सफल परीक्षण
Published: (Updated: )
by .
भद्रपुर । झापाको भद्रपुरमा रात्रिकालीन हवाई सेवाको परीक्षण उडान सफल भएको छ। बुद्ध एयरलान्सले आरएनएभी (एरिया नेभिकेसन) को सहायताले लो भिजिबिलिटी र हाल जडान गरिएको रनवे लाइटले बुधबार साँझ भद्रपुर विमानस्थलमा रात्रिकालीन परीक्षण उडान गरेको हो।
बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रगढी नागरिक उडडयन कार्यालयमा रात्रिकालीन हवाई सेवाको उद्घाटन गर्न झापा आउने बताइएको छ । विराटनगरबाट उडान भरेका बुद्ध एयरलाइन्सको जहाजले भद्रपुर विमानस्लथमा ५ बजेर ४० मिनेटमा अवतरण गरेका थिए। अवतरणपश्चात् पुनः परीक्षण चडानका लागि जिल्ला समन्वय समिति झापाका सोमनाथ पोर्तेल, भद्रपुर नगरपालिका नगर प्रमुख जीवनकुमार श्रेष्ठसहित चढेका यात्रुलाई सोही जहाजले ६ बजेर ३७ मिनेटमा उडान भरेका थिए। करिब १८ मिनेटको परीक्षण उडानपश्चात् जहाजले पुनः भद्रपुर विमानस्थलमा ६ बजेर ५५ मिनेटमा अवतरण गरेका थिए। बुद्ध एयरलाइन्सको जहाजले गरेको रात्रिकालीन परीक्षण उडान सफल भएपछि सबैले खुशी साटासाटसमेत गरेका थिए।
परीक्षण उडान सफल भएसँगै भद्रपुरमा पहिलो पटक रात्रिकालीन हवाई सेवाको शुरुवात भएको छ। बुद्ध एयरले आगामी फेब्रुअरी १० बाट साँझ ५ बजेर ५० मिनेटमा रात्रिकालीन हवाई सेवा सुरु गर्ने जनाएको छ। दुईवटा जहाजले सेवा दिर्दै आएका बुद्ध एयरले यसका लागि एउटा जहाज थपिसकेको बुद्ध एयरका सुवास घिमिरेले जानकारी दिए। हवाई यात्रुका लागि पूर्वको झापा, इलाम, पाँचथर, ताप्जेुङ्गको प्रवेशद्धार भद्रपुर हो। साथै छिमेकी राष्ट्र भारतको सिलगुढी, दार्जिलिङ, सिक्किम मात्र नभई तेस्रो मुलुक भुटान र बंगलादेशलाई पनि जोड्ने गरेको छ। बाह्य तथा आन्तिरक पर्यटन नेपाल भित्राउने यस विमानस्थलको मुख्य भूमिका रहने जानकारहरू बताउँछन्। यसअघि खराब मौसम र लो भिजिविलिटी का कारण जहाजहरू रद्द गर्नुपर्ने स्थितिमा अब जडान गरिएको यस प्रविधिले ती दीर्घकालीन समस्या हटनुका साथै रात्रिकालीन सेवाले हवाई यात्रुलाई आगामी दिनमा फाइदा पुग्ने चन्द्रगढी नागरिक उडडयन कार्यालयका प्रमुख पूर्ण चुडालले जानकारी दिए ।
Comments