शहीद धर्मभक्तमा १ सय ८६ जना विद्यार्थीको स्वास्थ्य परिक्षण
Published:
by .
कमल । झापाको कमल गाउँपालिका ३ केर्खा स्थित श्री शहिद धर्मभक्त माध्यमिक विद्यालयले स्वर्ण महोत्सव अन्तरगत बुधबार खुल्ला कविता तथा गजल प्रतियोगिता सम्पन्न गरेको छ ।
पुर्व विद्यार्थी मञ्चको आयोजनामा खुल्ला कविता वाचन तथा गजल प्रतियोगिता सम्पन्न गरेको हो । गजल प्रतियोगितामा मौसम साङ्गपाङ्गले प्रथम स्थान हासिल गरेका छन् । त्यस्तै भिजन गुरागाँई दोस्रो र सुष्मा चिमोरियाले तेस्रो स्थान हासिल गरेका गजलकार विवस बलिभद्र कोइरालाले जनाकारी दिए ।
यसैविच समावेशी महिला शशक्तिकरण केन्द्र र उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न गरिएको थियो ।
शिविरमा १ सय ८६ जना विद्यार्थी स्वस्थ्य परीक्षण गरिएको समावेशी महिला शशक्तिकरण केन्द्रकी अध्यक्ष लक्ष्मी न्यौपानेले जानकारी दिइन् । शिविरमा पक्ष लाईफ लाईन अस्पताल दमकको प्राविधि सहयोग रहेको थियो ।
विद्यालयले तोपगाछी धरमपुर मैत्री समाजको आयोजना भएको हाजिरी जवाफ प्रतियोगितामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । हाजिरी जवाफमा एभरग्रिन बोडिङ्ग स्कुल प्रथम, मंगलमय माध्यमिक विद्यालय द्वितीय र वण्डरल्यण्ड बोर्डिङ्ग स्कुल तृतीय भएको तोपगाछी धरमपुर मैत्री समाजका अध्यक्ष हर्कराज राईले जानकारी दिए ।
Comments