Sajhamanch Archive

शहीद सप्ताहको अवसरमा अन्तरक्रिया

Published: in राष्ट्रिय समाचार by .

विर्तामोड । नेपाल तामाङ घेदुङ विर्तामोड नगरपालिका कार्यसमितिको आयोजनामा शहिद दिवसको अवसरमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा घेदुङ प्रादेशिक सचिवालय सदस्य पदम बहादुर तामाङले “ओझेलमा तामाङ शहिदहरु” नामक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उपस्थित अतिथिहरुले कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा प्रथम शहिद लखन थापामगर र प्रथम तामाङ शहिद तुलाराम तामाङको तस्वीरमा खादा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनेट मौनधारण गरिएको थियो ।

विर्तामोड नगर महासंघको सभाहलमा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ झापाका अध्यक्ष काजिमान घिसिङको प्रमुख आतिथ्यता रहेको थियो भने तामाङ घेदुङ प्रादेशिक सचिवालय सदस्य पदम बहादुर तामाङ (देवराज), मेचे समाज शिवियारी आफात नगर अध्यक्ष विरेन मेचे, आदिवासी जनजाति महासंघ नगर सचिव सुन्दर लिम्बु, तमु ह्युल छोंज धीं नगर अध्यक्ष डिक कुमार गुरुङ, नमोबौद्ध गुम्बा विर्तामोडका अध्यक्ष कर्मसिंह घिसिङ लगायतको आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा मेचे समाज शिवियारी आफातका नगर अध्यक्ष विरेन मेचे सरकारले शहिद दिवसमा विदा कटौति गरेर राज्यप्रति प्राणको आहुति दिने शहिदहरुको अपमान गरेको बताउनुभयो । साथै घेदुङ जिल्ला अध्यक्ष काजिमान घिसिङले जहाँनिया शासनको विरुद्ध प्रजातन्त्रको स्थापनाको आन्दोलन, २०४६ को पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन, १० वर्षे जनयुद्ध र २०६२⁄६३ को आन्दोलनमा ९०० भन्दा बढी तामाङहरुले शाहदात प्राप्त गरे पनि उनीहरुको सम्मान हुन नसकेको र राज्यले शहिद घोषणा गर्न आनाकानी गरेको बताउनु भयो ।
वि.स. २००७ सालमा भएको जहाँनिया शासन विरुद्धको विराटनगरमा भएको आन्दोलनमा ३ जनाले एकैचोटि शाहादात प्राप्त गरे पनि थिरबम मल्ललाई मात्र शहिद घोषणा गरेर तुलाराम तामाङलाई अहिलेसम्म पनि शहिद घोषणा नगरेकोमा वक्ताहरुले आक्रोश व्यक्त गरेका थिए ।
कार्यक्रम नगर घेदुङ उपाध्यक्ष बागविर तामाङको अध्यक्षतामा तथा सचिव सुर्यमान पाख्रिनको संचालनमा सम्पन्न भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *