कमल नगर जेसीजको पदहस्तान्तरण कार्यक्रम
Published:
by .
कमलनगर जेसीजको तेस्रोे पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसी आई सिनेटर महेश पौडेलको प्रमुख आतिथ्यतामा पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा निर्वाचित कार्यकारी उपाध्यक्ष जेसी नारायण बस्नेत, उपाध्यक्ष जेसी धनश्याम गुराँगाई, जेसीसन्तोस कडरिया, जेसी प्रेम सापकोटा, जेसी तिलोचन अधिकारी, तालिम निर्देशक जेसी नारायण कार्की जनसम्पर्क अधिकारी जेसी सुजु श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएको जेसीजका संस्थापक अध्यक्ष जेसी रुपनारायण न्यौपानेले जानकारी दिए ।
त्यसैगरी मनोनित सदस्यमा मुल संयोजक जेसी विष्णु लामिछाने, महासचिव जेसी रिजु कार्की कानूनी सल्लाकार जेसी तिलरुपा सुबेदी, सचिव जेसी भिम अधिकारी ,कोषाध्यक्ष जेसी युवराज पाठक र प्रकरण निर्देशक जेसी हेम दाहाललाई मनोनित गरिएको संयोजक न्यौपानेले जानकारी जानकारी दिए । त्यसैगरी कमलनगर जेसीजलाई स्थापना काल देखिनै सहयोग गर्दै आउनु भएका कमलेस ठाकुरलाई आजिवन सदस्याता समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी रविन पोख्रेल, सुमन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
Comments