Sajhamanch Archive

राप्रपा एकताको अन्तिम चरणमा राणा र लोहनी, आजै समझदारीपत्रमा हस्ताक्षर गर्दै

Published: (Updated: ) in राजनीति by .

काठमाडौंपशुपतिशमशेर राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा राष्ट्रवादीले पार्टी एकताको समझदारीपत्रमा आज हस्ताक्षर गर्ने भएका छन् ।

बिहीबार दुवै पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले एकताको प्रस्ताव अनुमोदन गर्ने र बिहीबार नै दुवै पार्टीका अध्यक्षहरुले एकताको समझदारीपत्रमा हस्ताक्षर गर्ने राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङ्गले जानकारी दिएका छन् ।

पार्टी एकताको घोषणा भने शुक्रबार गर्ने तयारी रहेको उनले बताए । नयाँ पार्टीले राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रलाई मुख्य राजनीतिक मुद्दा बनाएर अघि बढ्ने पनि प्रवक्ता गुरुङ्गले जानकारी दिएका छन् । पार्टी एकताका लागि लोहनी र राणाले निकै लामो समयदेखि कसरत गर्दै आइरहेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *